काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फा कार्य समिति बैठकले उनलाई नियुक्त गरेको हो । एनफाका महासचिव किरण राईका अनुसार पदपूर्ति समितिको सिफारिसमा अल्बर्टो एनेसलाई नियुक्त गरिएको हो ।