images
images

आईसीसीको अनुमतिसंगै सन्दीप गए यूएई


  • 245
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    आईसीसीको अनुमतिसंगै सन्दीप गए यूएई

    काठमाडौं ।  जारी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने आज यूएई गएका छन् । आईसीसीको अनुमति लगत्तै सन्दीप यूएई गएका हुन् । 

    त्रिदेशीय शृंखलामा लामिछानेले खेल्ने पक्का भएसंगै क्यानले बुधबार दिउँसो ३ वजेको जहाजबाट युएई पठाएको हो । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलआईसिसीले स्वीकृत गरेसंगै लामिछाने  यूएई गएका हुन् ।

    यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् । तर सोमबार सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले सो शृंखला खेल्ने पक्का भएको हो । 

    शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल  खेलिसकेको छ । सोमवार सम्पन्न पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई पराजित गरेको थियो । नेपालले बिहीबार यूएईसँग खेल्ने छ । सो खेलमा लामिछाने समावेस हुने सम्भावना रहेको छ ।


    images
    images

    Logo