images
images

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्रीको बिक्री सुरु, १५ महिनाको वारेन्टी


  • 167
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्रीको बिक्री सुरु, १५ महिनाको वारेन्टी

    काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको सिप्रदीले दावी गरेको छ ।

    विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन । यसैगरी, यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने सिप्रदीले जनाएको छ ।

    कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन । 


    images
    images

    Logo