काठमाडौं । जिल्ला प्रशासन मोरङले विराटनगरको केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार प्रदेशको नाम टुङ्गाो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन मोरङले निषेधाज्ञा जारी गरेको हो ।
उक्त सुचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख गरेकाे छ ।
प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रशासनले ती क्षेत्रमा कुनै पनि विरोध, धर्ना, जुलुस झडप नगर्नेको लागि आग्रह गरेको छ ।




