काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कानून–सदस्य पदको लागि आवेदन माग गरेको छ । सुचना तथा सञ्चाल मन्त्रालयले एक सुचना जारी गर्दै प्राधिकरणको रिक्त कानुन सदस्य नियुक्त गर्नको लागि आवेदन माग गरेको छ ।
उक्त पदको लागि आवेदन दिन इच्छुक व्यक्ति सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव हुनुपर्नेछ। तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा कानून विषयमा स्नातक गरी राजपत्रांकित प्रथम श्रेष्ठ, दशौं तह वा सोभन्दा माथिल्लो पदमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदन इच्छुक व्यक्तिले सुचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ ।
