काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चुनाव चिन्ह परिवर्तन भएको छ । गोलाकार भित्र रहेको घण्टी चुनाव चिन्हलाई गोलाकार हटाएर घण्टी मात्रै रहेको छ ।
अब सो पार्टिको चुनाव चिन्ह गोलाकार हटाएर घण्टी मात्रै हुने भएको छ । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दा रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।