काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण गौतम निर्वाचित भएका छन् । बुधवार सम्पन्न १७ औं साधारण सभाले गौतमलाई निर्वाचित गरेको हो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), नीतिगत उपमहासचिव कृष्ण केसी (कृस), आन्तरिक उपमहासचिवमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन्।