काठमाडौं । नेपाल प्रहरीका १ सय ३९ जना प्रहरी निरीक्षक ( इन्स्पेक्टर)को काज सरुवा भएको छ । मङ्गलवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकलाई काज सरुवा गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, इलाका प्रहरी कार्यालय खजुरी धनुषामा राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा पञ्चलाल गोलेलाई सरुवा गरिएको छ ।
इन्स्पेक्टर फुलमाया घिसिङलाई प्र्रहरी प्रभाग साँखुमा सरुवा गरिएको छ । प्रहरी प्रभाग कोटेश्वरमा विनोद सुवेदी, प्रहरी प्रभाग बाँडे गाउँमा नकुल राज गौतम, इप्रका मेलम्चीमा नवराज सापकोटा, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा बबिन्द्र नेम्बाङ्ग र जिल्ला ट्राफिक कार्यालय वीरगन्जमा मणिराम थापालाई सरुवा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा मीन बहादुर बस्नेतलाई सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।



