अभियान लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले बुधवार सूचना जारी गर्दै अधिकृत र सहायक कनिष्ठका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले अधिकृतमा १ जना र कनिष्ठ सहायकका लागि केही कर्मचारी माग गरेको छ । अधिकृतका लागि व्यवस्थापन तहमा स्नातक तह उतिर्ण गरेको हुनुपर्ने र कनिष्ठ सहायकका लागि एसएलसी पासले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले आजको १५ दिनभित्र आवेदन बुझाउन कम्पनलिे अनुरोध गरेको छ ।