काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै बढुवा भएका उपसचिवको पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबार निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
२५ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत र बाँकी १ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र २ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा खटाइएको छ ।