काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक नेकपा एमाले र नेपाली काँग्रेस दुबै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि स्थगित गरिएको हो ।
प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो अवधिसम्म प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।