काठमाडौं । सुर्योदय वोमी लघुवित्तको २ लाख भन्दाबढी संस्थापक शेयर विक्रीमा रहेको छ । लघुवित्तले ८ जना संस्थापक शेयरधनीको कुल २ लाख २८ हजार २ सय ९५ कित्ता शेयर विक्री ल्याएको हो ।
कम्पनीले संस्थापक शेयरधनी एन.आई.सी एशिया बैंकको नाममा रहेको १ लाख ८ हजार कित्ता शेयर विक्री गर्ने लागेको छ । त्यस्तै, अर्जुन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको नाममा रहेको १२ हजार २ सय ९५ कित्ता, डेलनाथ पौडेलको नाममा ७ हजार ५ सय कित्ता रहेको छ ।
त्यस्तै, धर्मप्रसाद पौडेले २ हजार कित्ता, सुमित्रा कुमारी लंगेलीको नाममा रहेको ७ हजार ५ सय कित्ता, चुडामणि वाग्लेको नाममा रहेको ४ हजार कित्ता, फणिन्द्र राज शर्माको नाममा रहेको ७ कित्ता रहेको छ । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा आवेदन दिन सक्नेछन् ।



