काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर विक्री रहेको छ । बैंकले कुल ८ लाख ४९ हजार १ सय ९६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन अर्थात, चैत २१ गते भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
तोकिएको म्याद भित्र हाल कायम संस्थापकहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।