images
images

निरन्तर ओरालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, यस्तो छ आजको बजार भाउ


  • 347
    SHARES
  • २०७९ फाल्गुण १७ गते बुधबार

    निरन्तर ओरालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, यस्तो छ आजको बजार भाउ

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    मंगलवार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo