काठमाडौं । कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
अदालतले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको छ । उनी हाल निलम्बित अवस्थामा छन् ।
फैसलामा आम जनता पार्टीका नेता बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । विशेष अदालतले दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने छ ।