images
images

बिचौलियाले नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्दा वजारमा बेथिती : मर्हजन


  • 286
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    बिचौलियाले नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्दा वजारमा बेथिती : मर्हजन

    भक्तपुर । मुलुकमा राजनीतिक अस्थिरता बढ्दा बजारमा बेथिती बढेको सरोकारावालाले बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले मंगलबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यत्रममा बोल्दै राष्ट्रिय उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले राजनीतिक अस्थिरता बढ्दा उपभोक्ताको ढाड सेक्ने गरि बजारमा बेथिती बढेको बताए । 

    नेपालको नीति निर्माण गरिने सिंहदरबारमा सांसद र मन्त्रीले उपभोग गर्ने खाद्यपद्वार्थनै गुणस्तरहिन भएको मर्हजनको भनाइ थियो ।  अबैध रुपमा सञ्चालनमा रहेका क्यान्टिनको खाधान्न उपभोग गर्ने नेतृत्वबाट उपभोक्ता सधैं पिल्साइमा परेको महर्जनको भनाइ थियो । 

    बिचौलियाले राज्य सञ्चालन गर्दै आएका नेतादेखि मन्त्रीसम्मलाई बोकेर हिँड्दा किसानबाट पाँच रुपैयाँमा किनेको तरकारी उपभोक्ताको चूलो सम्म पुग्दा ८० रुपैयाँ पुगेको मर्हजनले बताए । मंहगी नियन्त्रण गर्ने सरकारी संयन्त्रनै निकम्मा भएको बताउँदै उनले मनोमानी रुपमा महंगी बृद्वीहुँदा पनी सरकार मौन बस्नुले पनि बिचौलिया र सरकारको साँठगाठ भएको पुष्टि हुने मर्हजनको भनाइ थियो ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले देशमा पाँच बर्षसम्म टिक्ने बलियो सरकार नभएसम्म बजारमा देखिएको अस्थिरताको नियन्त्रण असम्भव रहेको बताए । देश बनाउनको लागि बलियो सरकार चाहिने बताउँदै उनले देश अव दुई दलीय व्यवस्थामा जानुको बिकल्प नभएको सुझाए । 

    उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धरले अनिन्यत्रित ब्याज बृद्धिकै कारण बजार पनि अनियन्त्रीत रुपमा महंगी बृद्धि भएको बताए । उनले सरकाले बढाएको अनियन्त्रित ब्याजकै कारण बिभिन्न क्षेत्रका ब्यक्तिले आत्महत्या गर्नु पर्ने अवस्था आएको भन्दै आगामी दिनमा त्यस्तो समस्या थप बिकराल बन्ने दावी गरे ।


    images
    images

    Logo