images
images

बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई सेवा


  • 268
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई सेवा

    बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई सेवा शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइको सुविधा उपलब्ध गराएको हो । 

    मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए ।

    बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधा थप गर्दै जाने प्रमुख  पाण्डेयको भनाइ थियोे । ‘हामीले अहिले शौचालय र स्नानलाई निस्शुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ, पाण्डेयले भने–अब छिटै नै विश्रामस्थल बनाएर यहाँ उच्च क्षमताका लाइट जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ ।’ 

     बसपार्कभित्रका धेरै समस्या समाधानगर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै पाण्डेयले बस टर्मिनलको भवनमा छिटैनै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।

     ‘हामीकहाँ विमानस्थल सुविधासम्पन्न हुन्छन्, तर बसपार्क चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन्, पाण्डेयले थपे–बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक पर्छ ।’ 

    वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गरे। ‘बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त भएपछि आउने कोड हालेपछि ९० मिनेटसम्म इन्टरनेट चलाउन सकिने छ, झाले थपे ।


    images
    images

    Logo