images
images

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण 


  • 239
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण 

    बुटवल । परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकालाई  आधुनिक आरन र उपकरण दिइएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न बुटवल उपमहानगरपालिकाले नगरक्षेत्रमा आरन सञ्चालन गर्दै आएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण उपलब्ध गराएको हो । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मंगलबार ती सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएकाहरूलाई पेशालाई निरन्तरता दिदै स्वरोजगार बन्न थप मद्वत पुग्ने बताए ।

    स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने प्रमुख पाण्डेको भनाई थियोे । उपप्रमुख अर्यालले लोप हुन लागेको पेशालाई आधुनिक उपकरणमार्फत स्वरोजगार बन्न प्रेरित गर्ने उदेश्यले  आधुनिक उपकरण बितरण  गरिएको बताइन । 

    बुटवल उपमहानगरपालिकाका आन्तरिक श्रोतबाट बुटवलभित्र आरन व्यवसाय गर्नेलाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरेको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए।


    images
    images

    Logo