images
images

पपुवा न्युगिनीले युएईलाई पराजित गर्दा नेपाललाई राहत


  • 303
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    पपुवा न्युगिनीले युएईलाई पराजित गर्दा नेपाललाई राहत

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत  मंगलबारको खेलमा पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई पराजित गर्दा नेपाललाई थप राहत भएको छ । लिगको पुछारमा रहेको पपुवा न्युगिनीले पाँचौ स्थानमा रहेको युएईलाई १३१ रनले  पराजित गरेपछि नेपाललाई एक दिवसीय मान्यता जोगाउन थप सहयोग पुगेको हो । 

    खेलमा पपुवा न्युगिनीका  चाड सोपेरले पाँच विकेट लिएपछि २६३ रनको लक्ष्य पछ्याएको युएई ३४।२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको पीएनजीले ४९।१ ओभरमा सबै विकेट गुमाएर २६२ रनको योगफल खडा गरेको थियो । 
    पीएनजीका सेसे बाउले ७६ बलमा ७४ रन बनाएका थिए । त्यसअघि ओपनर टोनी उराले ४३ बलमा ५१ रन बनाएका थिए । किप्लिन डोरिगाले ४२, गौडी टोकाले २८, कप्तान असद भालले २३ र चाड सोपेरले १४ रन बनाएका थिए । 

    यूएईका कार्थिक मयप्पनले चार विकेट लिए । आर्यन लक्राले तीन विकेट लिँदा जहुर खानले दुई र रोहन मुस्तफाले एक विकेट लिए ।यूएईका ओपनर मुहम्मद वसिमले २४ रन बनाए । भ्रित्या अरविन्द र जहुर खानले समान २३ रन बनाउँदा आसिफ खानले २० र अलिसन सरफुले १४ रन बनाए । अन्यले दोहोरो स्कोर छुन सकेनन् ।

    यूएईलाई सस्तैमा समेट्न सोपेरले १० ओभरमा एक मेडन राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै  सेमो कामेआ, नोर्मन भानुआ र रिले हाकुराले समान एक विकेट लिए ।यूएईले अब बिहीबार नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    नेपालले सोमवार लिग अन्तरगतको पहिलो खेलमा  पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै विजयी शुरुवात गरेको थियो । पपुवा न्युगिनीले आज युएईलाई उसैको भुमिमा पराजित गरेको हो।

    आजको जितसंगै पपुवा न्युगिनीले ३ खेलमा जित हात पर्दै ७ अंक जोडेको छ । युएईको २९ खेलबाट २९ अंक छ भने नेपालले २९ खेलबाट २८ अंक जोड्दै छैटौं स्थानमा छ । 


    images
    images

    Logo