काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयोगको अनुमति पाएको छ । हाइड्रोपावरलाई सतप्रतिशत हकप्रद शेयर जारी गर्नका लागि आयोगले मंगलवार अनुमति दिएको हो ।
सो हकप्रद शेयर जारि गर्न कम्पनीले गत भदौमा भएको साधारणसभाबाट पारित गरिसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।