images
images

१४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी, सात दिनेभित्र स्पष्टीकरण माग


  • 334
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी, सात दिनेभित्र स्पष्टीकरण माग

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै १४ कम्पनीलाई कालोसूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण सोधेको छ ।

    प्रकाशित सूचनामा ती कम्पनीले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गरेर कालोसूचीमा राख्नु नपर्ने आधार वा प्रमाण पेस गर्नुपर्ने उल्लेख छ । सूचित गरिएका कम्पनीहरुमा अर्घाखाँचीको अहमद हुसेन कन्स्ट्रक्सन, दाङको गुप्ता निर्माण सेवा, झापाको ओम शान्ति निर्माण सेवा र गीताञ्जलीरसिंहरखुसी जेभी (गीताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन प्रालि र खुसी निर्माण सेवा) रहेका छन् ।

    त्यस्तै रौतहतको कमोद कन्स्ट्रक्सन प्रालि, गौतम ऋषि कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, रुपन्देहीको सम्बुद्ध सप्लायर्स, बाराको चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, भक्तपुरको कार्की किचेन, सुनसरीको सर्जिकेम डिस्ट्रिब्युटर्स, जनकपुरको सुरज जेनरल अर्डर सप्लायर्स र सुनसरीको फेब नेपाल प्रालि रहेका छन् ।

    यी १४ कम्पनीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले ७ दिनभित्रमा लिखित रुपमा आधारसहित प्रमाण पेस नभए यी कम्पनीलाई कालोसूचीमा राख्ने जनाएको छ । 

    black-list-ssssss-768x1494.jpg

     

     


    images
    images

    Logo