images
images

राष्ट्र बैंकले भन्यो, लघुवित्तले १५ प्रतिशत भन्दा बढी व्याज लिए उजुरी गर्नु 


  • 220
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    राष्ट्र बैंकले भन्यो, लघुवित्तले १५ प्रतिशत भन्दा बढी व्याज लिए उजुरी गर्नु 

    काठमाडौं । लघुवित वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी व्याज लिएमा तत्काल उजुरी गर्नेको लागि नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैंकका एक सुचना जारी गर्दै लघुवित्तहरुले १५ प्रतिशत भन्दा बढी लिएमा उजुरी गर्ने आग्रह गरेको हो । 

    लुघुवित्तले प्रदान गर्ने कर्जाको व्याजदर १५ प्रतिशत नहुने व्यवस्था गरिएको र हाल कुनैपनि लघुवित्तको व्याजदर सो प्रतिशत भन्दा बढी नरहेको बैंकले जनाएको छ । 

    ‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दाबढी व्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्ने सक्नुहुनेछ ’ जारी सुचनामा उल्लेख छ । 

    सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको काराणले यसले दिने सेवा र व्याजदर फरक हुनसक्ने बैंकले जनाएको छ ।  

    nrb notice.jpg


    images
    images

    Logo