images
images

यी हुन् ६० दिनभित्र पनि सम्पत्ति विवरण नबुझाउने ११ जना सांसद 


  • 260
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    यी हुन् ६० दिनभित्र पनि सम्पत्ति विवरण नबुझाउने ११ जना सांसद 

    काठमाडौं । निर्वाचन भएको ६० दिनमा पनि ११ जना सांसदले सम्पति विवरण बुझाएका छैन्न । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । 

    यसरी सम्पति विवरण नवुझाउनेमा उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् ।त्यस्तै, लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, वर्षमान पुन, मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् ।

    सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ । 

     


    images
    images

    Logo