काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एकिकृत कारोबारको मिति तय गरेका छन् । यी दुबै लघुवित्त आपसमा मर्जरमा जाने भएसँगै फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका हुन् । मर्जर पश्चात सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
यी दुई कम्पनीले गत असार २२ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको गत असोज ७ गते सम्पन्न विशेष साधारण सभाले मर्जरका लागि स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन ।
मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृह चोक, कास्की, साविक सिवाईसी नेपाल लघुवित्त संस्थको केन्द्रीय कार्यालय कायम रहने संस्थाले जनाएको छ ।
डाटा माइग्रेसन लगायत्को कामको लागि दुवै लघुवित्तको सम्पूर्ण कारोबार फागुन २८ र २९ गते बन्द रहने छ ।



