images
images

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र


  • 268
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । 

    सोमबार पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् देउवाले उक्त पत्र पठाएका हुन् । पत्रमा राष्ट्रपति उम्मेदवार सर्वसहमतिमा छान्नु उपयुक्त हुने भन्दै रामचन्द्र पौडेललाई समर्थन गर्ने आग्रह गर्नु आफ्नो कर्तव्य रहेको देउवाले उल्लेख गरेका छन् । सर्वसहमत हुन नसक्ने अवस्थामा मित्रवत प्रतिस्पर्धाको लागि तयार रहेको भन्दै उनले ओलीबाट समेत सोही अपेक्षा गरेको उल्लेख गरेका छन् ।

    शनिबार ८ दलको समर्थनमा पौडेलले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका थिए । एमालेको समर्थनमा भने सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।


    images
    images

    Logo