काठमाडौं । मोदी इनर्जीको आईपीओको निष्कासन मिति तय भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै मोदीले स्थानीयवासी तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि उक्त मिति तय गरिएको हो ।
जसअनुसार फागुन २५ देखि चैत ९ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सकिनेछ । प्रभावित क्षेत्रका वासिन्दाले १ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा जानेले १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीको २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको तय गरेको थियो । यसमध्ये २९ करोड रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि तथा ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा जानेहका लागि छुट्याइएको छ । बाँकी भने आम सर्वसाधारणका लागि वितरण हुनेछ ।



