images
images

टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य


  • 263
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य

    काठमाडौं । संयूक्त लगानीमा नेपालमा टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र भारतको सोमानी सेरामिक्सबीच सहकार्य भएको छ । मुरारका ग्रुप र सोमानीबीचको संयूक्त उद्यमले नेपालमा करिब ३० लाख स्क्वायर मिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

    काठमाडौंको मेरियट होटलमा कम्पनीका प्रतिनिधिको उपस्थितिमा आयोजित सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो । मुरारका ग्रुपका प्रवन्ध निर्देशक पशुपति मुरारकाले गुणस्तरीय उत्पादनमा आफू प्रतिबद्ध रहेको बताए । 

    उनले भने ‘यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकतालाई परिपूर्ति गर्नेछ । साथै नेपाली बजारमै रोजगारीको सिर्जना गरी देशको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।’ 

    त्यसैगरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सीईओ अभिषेक सोमानीले आफूहरूले सञ्चालन गर्ने टायल उत्पादन केन्द्रले नेपाली बजारमा गुणस्तरीय उत्पादन थाल्ने बताए । 

    उनले भने ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त टायल उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने विश्वास छ ।’


    images
    images

    Logo