images
images

शहीदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय


  • 414
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    शहीदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

    काठमाडौं ।  सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि  शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको हो । 

    उक्त शहीदहरुको नामावलीमा २०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश हुनेछ ।

    सरकारले २०६५ पुस महिनामा ५ हजार ३ सय ४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।

     


    images
    images

    Logo