images
images

सिसडोलमा स्वास्थ्यजन्य फोहोर फाल्ने संस्थालाई महानगरले तिरायो ५० हजार जरिवाना


  • 436
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    सिसडोलमा स्वास्थ्यजन्य फोहोर फाल्ने संस्थालाई महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौं । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । चिकित्साजन्य हानिकारक फोहोर ल्याण्डफिल साइट पुर्याएको पाइएपछि सुनौलो परिवार नेपाल नामक स्वास्थ्य संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । 

    महानगरपालिका(५ मा रहेको उक्त स्वास्थ्य संस्थाले बिरामीको उपचारका क्रममा प्रयोग भएका सिरिञ्जलगायतका सामग्रीहरु ल्याण्डफिल साइटमा लगेर फालेको पाइएको महानगरले जनाएको छ ।

    महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ । जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गर्छौँ ।’

    अहिले काठमाडौँसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । यहाँ सामान्य फोहोर मात्र लैजान मिल्ने महानगरपालिकाले जनाएका छ ।  


    images
    images

    Logo