काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश जान पाउने भएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा परेर पछि धरौटीमा रिहा भएका लामिछानेमाथि सर्वोच्च अदालतको संयुक्त इजालसले सोमबार यस्तो निणर्य सुनाएको हो । साथै उच्च अदालत पाटनले उनलाई दिएको २० लाख धरौटीको आदेशलाई समेत सर्वोच्चले सदर गरेको छ ।
धरौटीमा छुटेका लामिछाने राष्ट्रिय क्रिकेट टीममा सहभागी भएका थिए । उनले खेलाडीको रुपमा देशभित्र खेले पनि विदेश जान रोक लगाइएका कारण दुबईमा भइरहेको प्रतियोगितामा सहभागी हुन पाएका थिएनन् । सर्वोच्चको आदेशपछि उनी विदेश जान पाउने बाटो खुलेको छ ।
यसअघि विदेश जान पाउनुपर्ने सन्दीपको माग र धरौटीसम्बन्धी आदेश बदर गर्नुपर्ने सरकारी वकिलको रिटउपर एउटै इजलासमा निणर्य सुनाउनेगरी एकल इजलासले निणर्य गरेको थियो ।



