काठमाडौं । हुन्डाइले विद्युतीय गाडी एक्स्चेञ्जको नयाँ अफर ल्याएको छ । हुन्डाइका लागि नेपालको आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाइका पुराना गाडीको उचित मूल्यांकनसहित केओेएनए र आइओएनआइक्यू मोडलका विद्युतीय गाडीको एक्सचेञ्ज गर्न लागेको हो ।
यो अफर अन्तर्गत कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख कायम गरिएको छ । यो मुल्यांकनमा हालसम्मको बढी भएको कम्पनीको दाबी छ । यो अफरले विद्युतीय सवारीको स्तरोन्नति गर्न चाहेका ग्राहकका लागि उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
अहिले हुन्डाइले दुवै मोडलको अपग्रेडेड भर्सन कोना इलेक्ट्रिक वा आइओएनआइक्यू ५ ल्याएको छ । नयाँ सवारीमा उत्कृष्ट सुविधाहरू थप गरिएकोले यसबाट ग्राहकले राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्ने जनाइएको छ ।
यो एक्सचेन्ज अफर नेपालभरीको हुन्डाइ शोरुमहरुमा उपलब्ध रहने जनाइएको छ । हाल नेपालमा हुन्डाइका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन रहेका छन् ।



