images
images

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी


  • 536
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

    टोकियो । टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । 

    जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल ७ लाख ९ हजार ८ सय ७० युनिट भएको बताएको छ ।सेमीकन्डक्टरको अभावले विश्वभरका अटोमेकरहरूलाई पिरोलिरहेको समय  जापान र विश्वको सबैभन्दा ठूलो कार कम्पनी टोयोटा यसको अपवाद बन्न नसकेको कम्पनीले जनाएको छ ।

    प्रियस हाइब्रिड र कोरोला सेडान मोडलको निर्माता कम्पनीले रेकर्डिङ अवधिमा विदेशमा यसको बिक्री ९.७ प्रतिशतले घटेर ५ लाख ७९ हजार ६ सय ५२ युनिटमा झरेको जनाएको छ ।

    टोयोटाका अनुसार जनवरीमा उत्तर अमेरिकी र चिनियाँ बजारमा बिक्रीमा उल्लेखनीय गिरावट आएको छ । यसैबीच, टोयोटाले जापानमा कार निर्माता यस कम्पनीको बिक्री १८.० प्रतिशतले बढेर उक लाख ३० हजार २ सय १८ युनिट पुगेको बताएको छ ।

    आफ्नो लोकप्रिय हाइल्याण्डर एसयूभीका लागि चिनिने टोयोटाले रेकर्डिङ अवधिमा उत्पादनमा वृद्धि देखेको छ र विश्वव्यापी उत्पादन ८.८ प्रतिशतले बढेर ६ लाख ८९ हजार ९० युनिट पुगेको छ ।

    टोयोटाका अनुसार २ लाख ११ हजार ५ सय ७२ युनिटको उत्पादन ३० प्रतिशतले बढेको छ । उत्तरी अमेरिका र युरोपमा ठोस वृद्धिले विदेशी उत्पादन १.४ प्रतिशतले बढेर ४ लाख ७७ हजार ५ सय १८ युनिट पुगेको छ । टोयोटाले फेब्रुअरीमा ७ लाख ५० हजार युनिट उत्पादन हुने प्रक्षेपण गरेको छ भने मार्चमा ९ लाख गाडी उत्पादन हुने अनुमान गरेको छ ।


    images
    images

    Logo