images
images

सिंहदरबार भित्र रहेको क्याटिनलाई विभागले तिरायाे ३ लाख जरिवाना 


  • 360
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    सिंहदरबार भित्र रहेको क्याटिनलाई विभागले तिरायाे ३ लाख जरिवाना 

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार भित्र रहेको क्याटिनलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । आइतबार  विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।  

    सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ । 

    साथै उक्त क्यान्टिन सञ्चालन गर्ने  कञ्चन चमेना गृहलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 

     


    images
    images

    Logo