काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको मिति तय गरेका छन् । यी दुबै इन्स्योरेन्स कम्पनी आपसमा मर्जरमा जाने भएसँगै फागुन १७ गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका हुन् ।
यी दुबै कम्पनी बिच १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जर पश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट कारोबार गरिने कम्पनीले जनाएको छ ।
मर्जरपछि कम्पनी सीईओ सिद्धार्थ इन्स्योरेन्सका बीरेन्द्र बैदवार बन्ने भएका छन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहनेछ ।
दुबै कम्पनीले मर्जरका लागि नेपाल बीमा प्रधिकरणबाछ माघ १६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।