काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कायम भएको छ । आइतबार पनि ४ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कायम भएको छ ।