images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 517
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । २ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोमवार ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छ । तसर्थ फागुन १५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    ग्लोबल आइएमई लघुवित्तको चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन २४ गते साधारणसभा बोलाएको छ। 

    त्यसैगरी, आदर्श लघुवित्तले फागुन ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस अनुसार फागुन १५ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo