काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन ५ गते हकप्रद निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।