images
images

मध्यपुर थिमीका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी 


  • 243
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    मध्यपुर थिमीका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको भन्दै प्रहरीमा उजुरी 

    भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका उपप्रमुखमाथि हातपात भएको छ । विकास निर्माणको स्थलगत अनुगमनका क्रममा आइतबार उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको हो ।

    मध्यपुर थिमि नगरपालिका–५ का सुमन जोशी लगायतको समूहले नगर उपप्रमुखमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ । नेकपा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका श्रेष्ठलाई हातपात गरेको भन्दै थिमी नगरपालिका र नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ ।

     विकास निर्माण कार्यमा हातेमालो गरी अघि बढ्नु पर्नेमा दूषित मनसाय राखेर यस्ता घटना हुनु खेदजनक रहेको जारी बिज्ञप्तिमा जनाइएको  छ । 

    नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा भइरहेको विकास निर्माण कार्यकै क्रममा आक्रमण हुनुले सम्पूर्ण विकास प्रेमी नगरवासीको भावनामा ठेस पुगेको बिज्ञप्तिमा  उल्लेख छ ।

    घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न  नगरपालिका र नेकपा माओवादी पार्टीले माग  गरेका छन् । बालकुमारी हात्तिमहाकाल सडक आयोजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा उपभोक्ता समिति गठन भएको थियो ।

    सो कार्य सुरु गराउने क्रममा  हातपात भएको बिज्ञप्तिमा जनाइएको छ । हातपात भएको चन्दै नगरपालिकाले प्रहरी बृत्त थिमिमा उजुरी दिएको छ । उजुरी परेपछि घट्नामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

     


    images
    images

    Logo