images
images

बाटो नभएको स्थानमा पुल बनाएको भन्दै तत्कालिन सचिवसहित ३ जना विरुद्ध मद्दा


  • 418
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    बाटो नभएको स्थानमा पुल बनाएको भन्दै तत्कालिन सचिवसहित ३ जना विरुद्ध मद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा नगरपालिका जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल बनाएको भन्दै सचिवसहित ३ जना विरुद्ध मद्दा दायर गरेको छ ।  यसरी मुद्दा दायर हुनेमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सि.डि.ई. ओम राज ढुङ्गाना रहेका छन् । 

    उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारीले आरोप लगाएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारीले मुद्दा लायर गरेको छ । गोरखा नगरपालिकामा जरेवरस्थित दरौदी नदीमा बनेको पुलको दुवैतिर सडक नभएको ठाउँमा बनाएको थियो । 

    त्यसै क्रममा मन्त्रालयका तत्कालीन सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गरेको पाइएको अख्तियारीले जनाएको छ ।    

     

     


    images
    images

    Logo