images
images

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 


  • 406
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ३ अर्ब १३ करोडको करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । त्यस्तै, ३६४ दिनको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । जुन ७ अर्बको नयाँ रहेको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको चैत १४ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी जेठ १६ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको अगामी फागुन १५ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   

     

     

     


    images
    images

    Logo