images
images

मोबाइलको लतले भावी पुस्ता खतरामा पर्ने सम्भावना : श्रेष्ठ


  • 221
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    मोबाइलको लतले भावी पुस्ता खतरामा पर्ने सम्भावना : श्रेष्ठ

    भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले विद्यार्थीलाई मोबाइल, कम्प्युटर र ग्याजेटको लतबाट टाढा राख्न विद्यालयले पहल गर्नुपर्ने बताएका छन् । गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले बालबालिकाको मोबाइल लत छुटाउन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । 

    कोरोना कहरका कारण लामो समय अनलाइन कक्षा भएका कारण मोबाइल, ल्यापटप कम्प्युटर अनि ट्यावको लतमा परेका बालबालिकालाई अव त्यो बानी छुटाउन बिधालयले गम्भीर ढंगले योजना बनाउनुपर्नेमा श्रेष्ठको जोड थियो । सो बानी छिटै छुटाउन नसके भावी पुस्ता नै खतरामा पर्ने बताउँदै सांसद श्रेष्ठले बालबालिकामा बिकास भएको सामाजिक सञ्जाल र इलेकट्रोनिक्स ग्याजेटको लतबाट छुटाउन बिधालयसंगै अभिभावक पनि चनाखो हुनुपर्ने बताए । 

    दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयका ठुलो योगदान रहेको बताउँदै श्रेष्ठले छ बालबालिकालाई शिक्षा मात्र नभएर व्यवहारिक ज्ञान पनि दिन सक्नु पर्नेमा गोड दिए । निजी विद्यालयका समस्या समाधान गर्न प्रदेशमा आफूले पहलकदमी गर्ने बचन श्रेष्ठले दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार माधव खत्री, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।


    images
    images

    Logo