images
images

ललितपुर महानगपालिकाले गर्यो १० सहकारी खारेज, यस्ताे छ कारण


  • 231
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    ललितपुर महानगपालिकाले गर्यो १० सहकारी खारेज, यस्ताे छ कारण

    काठमाडौं । ललितपुर महानगरपालिकाले १० सहकारी संस्था खारेज गरेको छ । महानगरपालिकाले सुचना जारी गर्दै महानगरको सहकारी ऐन २०७५ अनुसार ५ बर्ष भन्दा बढी अवधिदेखि लेखा परिक्षण तथा साधारणसभा नगर्ने र विवरण नवुझाउने सहकारी सस्था खारेजी गरको हो । 

    यसरी खारेजीमा परेकाहरुमा महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था, बडीखेल पर्यटन सहकारी संस्था, प्रयास बहुउद्देश्यीय सहकारी संस्था, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था, एभरग्रीन बचत तथा ऋण सहकारी संस्था, पारषीदेव महिला विकास बचत तथा ऋण सहकारी संस्था, राजवृक्ष जडिवुटी सहकारी संस्था, एभेरेष्ट कृषि सहकारी संस्था, रातो सूर्य सुचना तथा संचार सहकारी संस्था र भृगेश्वर उपभोक्ता सहकारी संस्था रहेका छन् । 

    महानगरपालिकाले २०७९ असार १५ गते एक सुचना जारी गर्दै सम्पर्कका लागि बोलाउदाँ सहकारीबाट सम्वन्धित पक्ष सम्पर्कमा नआएकोले माघ २९ गते बैठकको निर्णयले उक्त १० वटा सहकारीहरु खारेज गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । 

    खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ ।

    महानगरपालिकाले जारी गरेको सुचना अनुसार अव उप्रान्त उक्त सहकारीको नामबाट कुनैपनि कारोबार नगर्ने/नगराउनु समेत आग्रह गरेको छ । 

    सहकारी संस्था खारेजी सम्बन्धी सूचना.jpg

     

     

     

     


    images
    images

    Logo