images
images

भक्तपुरमा पर्खाल लडेर पुरिँदा एकको मृत्यु


  • 348
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    भक्तपुरमा पर्खाल लडेर पुरिँदा एकको मृत्यु

    भक्तपुर । घरको जग खन्ने क्रममा पर्खाल लडेर पुरिँदा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान मध्यपुर नगरपालिका स्थित लोकन्थली खरिबोट बासुकि कोलोनी नजिकै घरको जग खन्दा सो घटना भएको हो ।

    सुनसरी बराहक्षेत्र नगरपालिका ४ का मञ्जय भनिने धर्मेन विश्वकर्मा पर्खालले पुरिएर घाइते भएका थिए । उनको उपचारको क्रममा नागरिक अस्पतालमा मृत्यु भएको हो । 

    जग खन्ने क्रममा सँगै जोडिएको घरको पर्खाल लडेको थियो । उक्त घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोलीले उनलाई उद्धार गरेर नागरीक अस्पताल लगिएको थियो । उपचारकै क्रममा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।  


    images
    images

    Logo