images
images

आयुर्वेद चिकित्सालको सेवा प्रवाहमा समस्या, यस्तो छ कारण


  • 245
    SHARES
  • २०७९ फाल्गुण १४ गते आइतबार

    आयुर्वेद चिकित्सालको सेवा प्रवाहमा समस्या, यस्तो छ कारण

    नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले राससलाई बताए । 

    विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ सय । ५१ जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।


     पछिल्लो समय बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । हाल दैनिक तीन सय बिरामी बहिरङ्ग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ । सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जनामात्र कार्यरत छन् ।


    images
    images

    Logo