काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।