काठमाडौं । सानिमा बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त संस्थापक शेयरको न्युनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।