images
images

दुर्घट्नामा परेका वडाध्यक्ष काफ्लेको निधन


  • 1.6K
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    दुर्घट्नामा परेका वडाध्यक्ष काफ्लेको निधन

    गाईघाट । मोटरसाइकल दुर्घटनामा परेर उदयपुरका एक वडाध्यक्षको निधन भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ का ५७ बर्षीय वडाध्यक्ष चुडाराज काफ्लेको शनिबार साँझ निधन भएको हो । 

     एक साताअघि त्रियुगा नगरपालिका-१२ मा मोटरसाइकल  दुर्घटनामा परेका काफ्लेको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार साँझ गाईघाटस्थित निवासमा ल्याएको तीन घण्टामै निधन भएको हो । 

    आफन्तका अनुसार काफ्लेको टाउकोमा गम्भीर चोट लागेको थियो । काफ्ले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo