images
images

पिकनिक गएकी जसपा सांसद सहनाजको हृृदयघातबाट निधन


  • 230
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    पिकनिक गएकी जसपा सांसद सहनाजको हृृदयघातबाट निधन

    भक्तपुर । पिकनिक खान भक्तपुर गएकी जसपा सांसद सहनाजको निधन भएको छ । जनता समाजवादी पार्टी नेपालबाट समानुपातिकमा सांसद बनेकी सहनाज रहमानको शनिवार दिउँसो हृृदयघातका कारण  निधन भएको हो । 

    जसपा सांसद प्रदीप यादवका अनुसार पार्टीले उपत्यकामा बस्नेलाई समेटेर बनाइएको भ्रातृ संस्था गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिकमा भक्तपुर गएकी सांसद रहमान खाना खाए लगत्तै ढलेकी थिइन् । उनलाई उपचारका लागि तत्काल मध्यपुर अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेका थिए । 

    झापाकी घर भएकी सांसद रहमानको निधनप्रती विभिन्न नेताहरूले श्रद्धांजलि व्यक्त गरेका छन् । सहनाजको निधनले पार्टी तथा आम मतदातालाई अपुरणीय छती पुगेको जसपाले जनाएको छ ।

     

     


    images
    images

    Logo