images
images

मदन भण्डारी राजमार्ग : सडकको भौतिक प्रगति ४० प्रतिशत


  • 315
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    मदन भण्डारी राजमार्ग : सडकको भौतिक प्रगति ४० प्रतिशत

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

    मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनीयर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको १ सय ३१ किलोमिटर सडकमध्ये ९५.७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उनले जानकारी दिए । 

    उनले ५ वटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किलोमिटर, मोरङमा ३६ किलोमिटर, झापामा ३५.८ किलोमिटर र इलाममा १०.९८ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । 

    उनले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किलोमिटर सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताए । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । 

    उनले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताए । धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र १ सय ३१ किलोमिटर सडकका लागि सङ्घीय सरकारले १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म ४ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । “सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ”, उनले भने, “अझै ३५.१३ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी छ ।”

    सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

    उनले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब १ हजार २ सय किलोमिटरको हुने बताए 

     


    images
    images

    Logo