images
images

एमालेको केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईं निष्कासित


  • 345
    SHARES
  • २०७९ फाल्गुण १३ गते शनिबार

    एमालेको केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईं निष्कासित

    काठमाडौं ।  नेकपा एमालेले व्यापारीसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

    प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए । उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् ।

    प्रसाईँले पार्टी गतिविधिबाहिर रहेर काम गरेकाले यस्तो निर्णय गरिएको एमालेले जनाएको छ । कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।

     

     


    images
    images

    Logo